राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार लिङ्देनले पृथ्वी जयन्तीको अवसरमा आयोजित चियापानको निम्तो दिन देउवा निवास महाराजगञ्ज पुगेका थिए। करीब आधा घण्टा भएको भेटवार्तामा आसन्न निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।



















