नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले विशेष महाधिवेशनलाई नजरअन्दाज नगर्न आग्रह गरेका छन् । पार्टी संस्थापक नेताप्रति लक्षित गर्दै उनले नेपाली कांग्रेस मूल सभ्यता भएको हुँदा आन्तरिक एकता कायम गर्न आग्रह गरेका हुन् ।
विशेष महाधिवेशनमा सम्बोधन गर्दै नेता घिमिरेले बीपी कोइराला र सुवर्णशमशेर मिलेर सुरु गरेको अभ्यासलाई निरन्तरता दिनुपर्ने तर्क गरेका छन् । उनले भने,‘प्रजातन्त्र सन्तुलित व्यवस्था हो । हामी कसैलाई पनि यो विशेष महाधिवेशनमा स्वागत गर्न तयार छौँ ।’ उनले संस्थापन भनिएको पक्षले निरन्तर पत्थर फ्याँकिरहेको भन्दै आफूले फूलले जवाफ दिने बताएका छन् ।
उनले उच्चतम स्वाभिमानका साथ उभिएर प्रजातन्त्रको लडाइँ लड्न सक्ने कांग्रेस बनाउनुपर्ने आवश्यकता भएरै यो अभियानमा जुटेको तर्क गरेका छन् ।



















