नेपाली कांग्रेसको विशेष महाधिवेशनमा निर्वाचनका लागि सबै पदमा उम्मेदवारी दर्ता

 

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा निर्वाचनका लागि सबै पदमा उम्मेदवारी दर्ता भएको छ।

बुधबार बिहान ११ बजेसम्म मनोनयन फारम वितरण र उम्मेदवारी दर्ता कार्यक्रम सकिएको छ।

सबै पदमा उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक सिताराम केसीले जानकारी दिए।

‘मनोनयन फारम वितरण र उम्मेदवारी दर्ताको सबै कार्यक्रम ११ बजे सकियो। सबै पदमा उम्मेदवारी परेको र दिउँसो १ बजे उम्मेदवारको नामावली प्रकाशन तयारी छ,’ उनले भने, ‘सकेसम्म सर्वसम्मत गर्ने कुरा छ, यो राजनीतिक पाटो भयो।’

सभापतिमा उम्मेदवारी दिन ३० हजार रूपैयाँ शुल्क तोकिएको छ।

 

केन्द्रीय उपसभापति  र महामन्त्रीका लागि समान २५ हजार रूपैयाँ शुल्क निर्धारण भएको छ।

त्यस्तै, सहमहामन्त्री पदका लागि २० हजार रूपैयाँ शुल्क तोकिएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए।

केन्द्रीय सदस्य पदका लागि भने १० हजार रूपैयाँ शुल्क तोकिएको छ। मनोनयनको फाराम लैजाँदा शुल्क बुझाउनु नपर्ने भए पनि दर्ता गर्दा भने दस्तुर बुझाउनुपर्नेछ।