नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) मिराज ढुंगाना नेतृत्वको जेनजी समूहबीच चार बुँदे सहमति

 

 

 

 

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) मिराज ढुंगाना नेतृत्वको जेनजी समूहबीच चार बुँदे सहमति भएको छ।

बिहीबार नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र मिराज ढुंगानाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

चार बुँदे सहमतिमा सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागी संघर्ष गर्ने, जेन-जी विद्रोहको मागहरू पुरा गर्न संघर्ष गर्ने, आन्दोलन र जनताको चाहना वमोजिम संविधानको संसोधन, स्थिर सरकार, भ्रष्टाचार विरुद्ध विशेष न्यायीक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागी संघर्ष गर्ने उल्लेख छ।