राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौंका ८ वटा क्षेत्रको उम्मेदवार टुंगिएका छन्। क्षेत्र नम्बर ४ र ५ बाहेक अन्य सबै स्थानमा रास्वपाले उम्मेदवार टुंगो लगाएको हो। काठमाडौं क्षेत्र नम्बर १ मा रञ्जु दर्शना उम्मेदवार बनेकी छिन्। भने काठमाडौं क्षेत्र नम्बर २ सुनिल केसी, काठमाडौं क्षेत्र नम्बर ३ मा काठमाडौं महानगरका पूर्व महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले टिकट पाएका छन्।
रास्वपाले काठमाडौं क्षेत्र नम्बर ४ र ५ मा टुंगो लगाउन बाँकी छ। क्षेत्र नम्बर ५ मा सस्मित पोखरेललाई उम्मेदवार बनाउने तयारी भइरहेको छ भने क्षेत्र नम्बर ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठको टुंगो लागेको छ। क्षेत्र नम्बर ९ मा डिपी अर्याल (डोलप्रसाद) र क्षेत्र नम्बर १० प्रदीप विष्ट उम्मेदवार बन्ने भएका छन्।


















