उज्यालो नेपाल पार्टीमा ठूलो धक्का,डकेन्द्रसहित तीन नेताले छाडे उज्यालो नेपाल

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीलाई ठूलो झट्का लागेको छ। पार्टीका तीन केन्द्रीय सदस्य—पहिचानवादी नेता डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजमले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्।

बुधबार सार्वजनिक विज्ञप्तिमा उनीहरूले पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर रहेको, विचार, विधि र प्रक्रिया स्पष्ट नभएको तथा पहिचानसम्बन्धी एजेन्डा लिखित रूपमा नआएको आरोप लगाएका छन्।

पार्टी परित्यागपछि उनीहरूले स्वतन्त्र रहेर संयुक्त पहिचानवादी मोर्चालाई सशक्त बनाउने बताएका छन्। उज्यालो नेपाल पार्टी गठनअघि थेगिम प्रदेश नम्बर १ पुनःनामकरण संयुक्त संघर्ष समितिका संयोजक थिए भने गुरुङ र इजम नागरिक उन्मुक्ति पार्टीमा सक्रिय थिए। यसअघि रास्वपासँगको एकता प्रयास असफल भएपछि पार्टीले धक्का व्यहोर्दै आएको थियो।