सुनको मूल्य मूल्य लगातार उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार आज छापावाल सुन तोलामा २४ सय रुपैयाँले बढेको हो ।
आजको मूल्यअनुसार एक तोला सुन किन्न उपभोक्ताले ३ लाख ३ हजार ८०० रुपैयाँ खर्चिनुपर्नेछ । चाँदीको मूल्य पनि तोलामा २९० बढेको छ । यससँगै चाँदी प्रतितोला ६ हजार ४८० रुपैयाँ पुगेको हो । शुक्रबार चाँदी प्रतितोला ६ हजार १९० रुपैयाँ थियो ।


















