नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले युवाको माग र मुद्दा सम्बोधन गराउन आफूले लामो समयदेखि नै आवाज उठाउँदै आएको दाबी गरेका छन् ।
विराटनगरमा युवासँग अन्तरक्रिया गर्दै नेता कोइरालाले जेनजी आन्दोलन अघिबाटै पार्टीभित्र समेत युवाको प्रतिनिधित्व हुनुपर्ने मुद्दामा आफूले काम गरेको बताए ।
जस्तोसुकै परिस्थिति आए पनि सुशासनका पक्षमा उभिने भन्दै कोइरालाले आफू ‘क्यापेन फर क्लिन पोलिटिक्स’को अभियानमा लागेको बताए । कोइरालाले भने, ‘युवाको माग र मुद्दा मैले केही कन्जुस्याइँ गरिनँ ।’


















