नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को राष्ट्रिय सभा संसदीय दलको बैठक आइतबार सिंहदरबारमा सम्पन्न भएको छ। बैठकले बेदुराम भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको छ। त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गङ्गा बेलवासेलाई नियुक्त गरिएको छ।
यसअघि दलको नेता रहेका नारायणकाजी श्रेष्ठले राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार बनेपछि राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित भुसाललाई संसदीय दलको नेता तोकिएको हो ।




















