संसद् पुनर्स्थापनाको माग गर्दै ‘नागरिक युवा समाज’ नामक संस्थामा आवद्ध युवाहरूले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले संसद् विघटन संविधानविपरीत भएको दाबी गर्दै तत्काल प्रतिनिधिसभा पुन:स्थापना गर्न माग गरेका हुन्।
प्रदर्शनमा सहभागी युवाहरूले ‘संविधान बचाऊ, संसद् फर्काऊ, लुटिएको संसद् फिर्ता गर, विघठित संसद् पुर्नस्थापना गर’ लगायतका प्लेकार्डसहित नाराबाजी गरेका थिए ।


















