skip this वडा नं १६ बालाजु च:मती

काठमाडौ क्षेत्र नं ३ को विकासका निम्ती आफ्ना ८ बुँदे प्रतिबद्धता साथ डा.शेखर अर्याल

काठमाडौ । यही २०८२ फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा काठमाडौ निर्वाचन क्षेत्र नं ३ मा इन्जिनियर डा .शेखर अर्यालको उम्मेदवारी रहेको छ । ईमान्दार तथा स्पष्ट वक्ता अर्याल देशमा सुशासन र समृद्धि चाहिन्छ भनेर लागि रहनुभएको छ । जर्मनीको रुहर बिश्वबिद्यालयबाट स्नाकोत्तर र त्रिभुवन बिश्व बिद्यालयबाट हाईड्रो मेकानिकल इन्जिनियरिङ विषयमा बिद्यावारिधी गर्नुभएका डा .अर्याल देशमै केही असल काम गर्नु पर्दछ भन्ने भावना साथ अगाडी बढ्नुभएको छ । डा.अर्याल प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट आँखा चुनाव चिन्ह लिएर उम्मेदवार बन्नुभएको छ ।

जेनजी आन्दोलनपछि जनताले विकल्प खोजेको र आफूहरुको पार्टीले पुराना दलहरुको विकल्प दिन सक्ने स्पष्ट बिचार र भिजन भएको पनि उहाँले दाबी गर्नुभयो । काठमाडौ गोकर्णेश्वर ६ जारेपाटीका स्थायी बासिन्दा अर्यालले काठमाण्डौ ३ का मतदाताले सधै ईतिहास रच्ने गरेकोले यो पटक पनि पैसा र पद भएका भन्दा स्वच्छ ईमान्दार स्पष्ट भिजन भएको व्यक्ति जिताउने बिस्वास गर्नुभयो । डा.अर्यालले उम्मेदवार बन्दै गर्दा “काठमाडौ ३ को विकासका निम्ती आफ्ना ८ बुँदे प्रतिबद्धता” समेत अगाडी सार्नुभएको छ ।
उहाँले अगाडी सार्नुभएका ८ बुँदे प्रतिबद्धताहरु यस प्रकारका छन ।
१ बाग्मती जग्गा पिडीतहरूको समस्या तुरुन्त समाधान गराउने ।
२ धर्म, संस्कृतीहरुको संरक्षण गराउने ।
३ जन्मदर्ता कर, कृषिदर्ता कर , मृत्युदर्ता कर र फोहोर सङ्कलन कर नि:शुल्क गराउने ।
४ मेलम्ची सुन्दरीजल खाने पानीको तुरुन्त व्यवस्थापन गराउने ।
५ जेष्ठ नागरिक, अपाङ्ग र अनाथहरुको तुरुन्त व्यवस्थापन गराउने ।
६ स्वच्छ, सफा बाग्मती नदीको तुरुन्त व्यवस्थापन गराउने ।
७ शहीद परिवार, आन्दोलनका घाइतेहरूलाई तुरुन्त पुन:स्थापनामा गराउने ।
८ शिक्षा, स्वास्थ्य, र कृषिलाई नि:शुल्क गराउने ।