skip this वडा नं १६ बालाजु च:मती

देशलाई मालिक होईन, सेवक नेतृत्वको खाँचो छ : दलमर्दन कामी,अध्यक्ष संयक्त नागरिक पार्टी

यतिबेला यहाँ अध्यक्ष रहनुभएको संयुक्त नागरिक पार्टीको चुनाबी अभियान कसरी चलि रहेको छ ?
अहिले हाम्रो पार्टीका उम्मेदवारहरु घर दैलो अभियानमा हुनुहुन्छ । उम्मेदवारहरुले आफ्नो चुनाबी क्षेत्रमा पुगेर आफ्न्तजन ईष्ट मित्र साथी भाई र मतदातासंग भेटेर मत माग रहनुभएको छ । र्‍याली सहितको चुनाबी प्रचार गर्न आचार संहिताले दिदैन । त्यसैले घर दैलो गर्ने, निर्वाचन क्षेत्रमा कार्यलय खोल्ने जस्ता काम गरी रहनुभएको छ । त्यस्तै समानुपातिक उम्मेदवाहरुलाई पार्टीले जनताको बिचमा जाँदा आफ्ना एजेण्डा कसरी लैजाने भनेर प्रशिक्षण दिई रहेका छौ ।

निर्वाचन आयोगमा समानुपातिक तर्फ कति जनाको सुचि बुझाउनुभएको छ ?
हाम्रो पार्टी स्थापना गरेको दुई बर्ष मात्र भयो । पार्टी स्थापना पछि हामीले २०८४ मा चुनाब हुने योजना सहित काम गरिरहेका थियौ तर जेनजी बिद्रोह पछिको अवस्थामा २०८२ फागुन २१ मै चुनाब हुने भयो । जसको कारणले गर्दा समानुपातिकमा ११० जनानै सुचि बुझाउन सकेनौ हामीले ६१ जनाको नाम बुझाएको छौ । प्रत्यक्ष तर्फ सातै प्रदेशबाट प्रतिनिधि मुलक रुपमा २१ जना प्रत्यक्ष उम्मेदवार उठाएका छौ ।

चुनावमा जनताको बिचमा के कस्ता एजेण्डा लिएर जाँदै हुनु हुन्छ ?
यतिबेला देश अत्यन्त बिकाराल अवस्थामा पुगेको छ । जेनजी युवाहरुको आन्दोलनको माग देशमा व्याप्त भष्टाचार अन्त्य र सुशासन स्थापना, नातावाद कृर्पावादको अन्त्य थियो । क्षमता र योग्यता अनुरुपको काम पाउनुपर्ने अनि देशमा शान्ति र संमृद्धी हुनुपर्ने थियो । आम नेपाली जनताको पनि यही माग छ, त्यसैले हामीले यी बिषय हाम्रो ऐजेण्डामा समावेश गरेका छौ , यसका साथै संघियताको मर्म अनुरुप प्रदेशहरुको नामकरण र संघियताको पुर्ण कार्यन्यन पनि हाम्रो एजेण्डामा छन । त्यस्तै धर्म निरपेक्षता, पुर्ण धार्मीक स्वतन्त्रता पनि हामाीले ऐजेण्डामा राखेका छौ । संबिधानमा धर्म निरपेक्षता भने पनि धर्म निरपेक्षताको व्याख्या गर्दै जाँदा नेपालमा सनातन देखि चल्दै आएको धर्म संस्कृतिको संरक्षण गर्ने र यसलाई खलल पार्ने र कसैले धर्मान्तरण गर्नै गरेको खण्डमा डण्ड सजाय गर्ने भन्ने राखिएको छ । जसका कारण पर्ण धर्मीक स्तन्त्रता छैन हुनु पर्दछ भन्ने हाम्रो माग छ ।

यहाँ दशबटा धर्मालम्वी छन तर राज्यको साधन स्रोत एउटा धर्मको संरक्षण र प्रवर्धनमा खर्च हुन्छ । एउटा धर्मले मान्ने पर्वमा हप्ता दिन बिदा हुन्छ अन्य धर्मालम्वीले मान्ने चाडमा बिदा देउ भनेर ज्ञापन पत्र दिनु पर्ने अवस्था छ । यस्तै हामीले जातिय र धार्मीक रुपमा उत्पीडनमा परेका समुदायको पुर्ण मुक्ति ,राज्यका सबै निकायमा पुर्ण समानुपातिक र समावेशी प्रणाली लागु गरी समता मुलक समावेशी राज्य संरचना बनाउने र देशको जातिय सांस्कृतीक धार्मीक भौगौलिक जुन बिविधता छ त्यसलाई राष्ट्रको पुजी र गौरवको रुपमा रुपमा लिएर यसलाई फलाउने फुलाउने अनि सगरमाथा हेर्न जसरी बिदेशी आउछन देशको बिविधता हेर्ने पनि अन्तराष्टका मान्छे आउने अवस्था बनाई आर्थिक संकलन गर्ने जस्ता बिषय छन । संबिधानमा संशोधन गरी जनताले चाहे अनुरुपको पुर्णता दिने जस्ता ऐजेण्डा छन ।

ऐजेण्डा त अरु दलका पनि यस्तै छन अरुलाई नदिई तपाईहरुको दललाई र्नै मत किन दिने ?
अरु दलले भन्छन मात्र हामीले काम गरेर देखाउछौ । हामीले अरुले जस्तो राजनीतिलाई व्यवसाय होईन सेवाको रुपमा लिन्छौ । हामी जनताका सेवक हौ । हामीले बिगतमा जसरी जनता र समाजको सेवा गरेको छौ त्यस बाटै प्रष्ट हुन्छ हामीले भन्ने होईन गरेर देखाउछौ भन्ने । म आफैले बिगत ३५ बर्ष देखि यहाँका दलित सुकुम्वासीको सेवामा आफ्नो जीवन खर्चिएको छु । यहाँका दलित सुकुम्वासी र अन्यायमा परेका खस आर्यहरु निम्ती पनि सबैले देख्ने गरि काम गरेको छु । राष्टको कुनै लाभको पदमा नपुगि आफ्नो मिहिनेतको कमाई खाएर काम गरेको छु । यसबाटै पुष्टी हुन्छ हामी राज्यकोपदमा पुगे पछि त्यसको दुरुप्रयोग गर्दैनौ भन्ने ।

चुनावमा जाँदा आफ्नो दल नयाँ र पुराना दलको छाँयामा परे जस्तो लाग्दैन ?
तपाईले प्रश्न गरे जस्तै नयाँका नाममा बितण्डा मच्चाएर स्टन्टवाद गरेर जनतालाई भ्रम पार्ने एउटा शक्ति छ अर्काे हिजोदेखि सत्ता र शक्तिमा बसेको शक्ति छ जसले सत्ता र शक्तिको दुरुप्रयोग गरेर जनता माथि शोषण गरिरहेको छ । तर हामी जनताको सेवा गर्नै शक्ति हौ त्यसैले जनताको मन मस्तिकमा बसेका छौ ।

राष्ट्रिय दल बन्न समस्या होला नि ?
राष्ट्रिय दल बन्न समस्या छैन, हामीले प्रत्यक्ष तर्फ १५ ठाँउ जित्छौ । समानुपातिकमा १७ देखि १९ लाख मत ल्याउछौ ।यसको हामीसंग आधार छ । हामीले धार्मिक अल्पसंख्य समुदाय र उत्पीडित दलित समुदाय सहित सबै उत्पीडित जाति पहिचानवादी समुदाय र उत्पीडित आर्य खसको पनि ऐजेण्डा उठाँउने भएकोले उहाँहरुको मत आँउछ । संयुक्त नागरिक पार्टीको चुनाब चिन्ह गितारमा मत दिनु हुन्छ । राष्टिय पार्टी बन्छौ ।

सरकारले चुनाब घोषणा गरेको छ तर चुनाब होला कि नहोला भन्ने अझै आशंका छ, एमाले पार्टी सहित केही कानुन व्यवसायीले त संसद पुन:स्थापनाको माग गर्दै अदालतमा मुद्धा दर्ता समेत गरेका छन ?
हो, यथास्थीतीवादी शक्तिहरु यो निर्वाचन भाड्न पाए राजनीति हाम्रो पकडमा पर्ला कि भन्नेमा छन । अर्काे स्टन्टवादीहरु छन । यीबाट खतारा छ । जेनजीले भाद्र २३ र २४ को आन्दोलन मार्फत सेवक नेतृत्व चाहेका हुन । अहिले चुनाव भएमा हामीले प्रत्यक्षमा १५ ठाँउ जित्छौ समानुपातिकमा १७ देखि १९ लाख मत ल्याउछौ । यसको हामीसंग आधार छ । अहिल नभए पनि दुइ बर्ष पछि भए पनि चुनाव त हुन्छ त्यसबेला झन समानुपातिकमा ११० र प्रत्यक्षमा पनि सबै सिटमा उम्मेदवारी दिन्छौ ।

नेपाको राजनीतिमा बिदेशी चलखेल बढ्दो छ भन्ने छ नि ?
हामीले त्यता पट्टि मतलब राख्दैनौ । हामी बिशुद्ध नेपाली माटो, नेपाली जनता र नेपाली बिविधतामा रहेर पार्टी बनाएको छौ ।हाम्रो नारा नै विश्वास, आशा र प्रेममा रहेर आस्था, अधिकार र अस्तित्व सुनिश्चित गर्दै देशको बिकास संमृद्धि गर्ने छ । यो नारानै नेपाली जनताको शक्ति हो ।

अन्त्यमा ?
अन्त्यमा म सम्पुर्ण आदरणीय दाजुभाई दिदी बहिनीलाई भन्न चाहन्छु ,देशले चाहेको आम नागरिकले चाहेको अशल सेवक नेतत्वको खाचौ छ ।मालिकको होईन समाजमा सेवा नेतृत्वको खाचो छ पुरान र अहिले नयाँ भनिएका जति पनि नेतृत्व छन व्यत्तित्व छन कोही बिगतको ईतिहास साटेर सत्ता र शक्तिको दुरुप्रयोग गरेका छन कोही स्टनवाद गरेर हामी सेवाको रुपमा जनतामा जान्छौ सम्पुर्ण आमाबुबा दाजुभाई दिदीबहिनीलाई गितारमा मत दिन अनुरोध गर्दछु ।