माघ महिना सहिदहरुलाई बढी सम्झिने महिना, साताव्यापी कार्यक्रमहरु त सकिए तर सहिदको भावनाहरु आत्मसात् भएको देखिएन । पंक्तिकारले यो हप्ता देशको मुटु सिँहदरबारलाई नजिकबाट नियाल्ने प्रयास गर्यो माघ १६ कै सन्दर्भमा, गोकर्णको सहिद पार्कमा जेन्जी पुस्ताले सहिदको भावना अनुरुपका काम नभएको भन्दै आगो ओकले जहाँ सिँहदरबारका गृहमन्त्री र वन मन्बीहरु मात्रै थिएननु, प्रधानमन्त्री र्काालयका सचिव लगायत केन्द्रीय सरकारी निकायका अधिकाँश प्रतिनिधिहरु थिए त्यहाँ । भव्य छ सहिद पार्क र नयाँ बाहेकका अधिकाँश सहिदहरुको शालिकदेखि नाम नामेसीहरु प्राय छन् त्यहाँ, सय्यौँ रोपनी जग्गा ओगटेको सरकारी वन अहिले समितिका रुपमा सन्चालित छ, कुनै जमानामा पंक्तिकार त्यसको रक्षक भएर पनि आप्mनो कर्तव्य निर्वाह गरेको थियो । सहिद र देशको समसामयिक चर्चा गर्ने यो आलेखको आशय रहेको छ ।
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए । बन्दैन मुलुक दुई चार सपूत मरेर नगए
(कवि भूपिशेरचनको कविताको अँश )
राष्टृप्रेम झल्काउने गोपालप्रसाद रिमालको आमाको सपना कोर्समै पढ्नु पथ्र्यो पहिले । देशमा शासकहरु निरँकुश थिए । भूपिले भने दुई चार सपूतले वलिदान गर्नु पर्छ तर हामीकहाँ दुई चार हजारले नपुगेर सहिद संख्या गृह मन्त्रालयको रेकर्डमा करिव १५ हजार भए पनि सत्र अठार हजार बढी सदिको तथ्याँक छ र पनि देश सुशासनमा छैन र त्यसको विद्रोह जेन्जीपुस्ताले गरे, गएको भाद्र २३ मा थपिए सहिद ६ दर्जन बढी ।
देशका प्रथम सहिद लखन थापालाई भनिन्छ, वि सं १८९१ मा जन्म भएका वीर लखन थापालाई तत्कालीन क्रूर शासक जंगबहादुर राणाको आदेशले वि सं १९९२ मा गोरखाको मनकामना मन्दिर अगाडि रुखमा झुण्डाएर फाँसी दिइयो, उनी पल्टनका लाहुरे थिए, जसले जंगबहादुर विरुद्ध प्रचार प्रसार गरेका थिए । राणा शासन शूरुपूर्व वा अन्तरालमा धेरै मरे, मारिए, पछिल्लो १०४ वर्षको अन्त्य राणा शासन तिनै सहिदहरुले गरे जसकै सम्झनाले सहिद दिवस माघ १६ चल्दैछ अहिलेसम्म र काठमाढौँ नगरले त वि सं २०१२ सालदेखि नै यो दिवस मनाउन थालेको हो । जहानिया एकतन्त्री शासन विरुद्ध लागेका शुक्रराज शास्त्रीलाई काठमाडौँको टेकु पचलीमा १९९७ साल माघ १० गते मृत्यु दण्ड दिइयो भने माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई । माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा गोली हानी मारियो ।
पन्चायतको विरोध गर्नेहरु भीमदत्त पन्त, दुर्गानन्द झा, रत्नकुमार वान्तवा, यज्ञ बहादुर थापाहरु पनि सहिद भए । इलामको सुखानी हत्या काण्ड, छिन्ताँग काण्ड, भीमान काण्ड, पिस्कर, जुगेडी काण्डहरु, म्याग्दीको सिँग काण्ड, सुर्खेत काण्डमा हत्या गरिएका वीर सपूतहरु धेरै छन् । वि संं २०४६ विद्यार्थी आन्दोलन होस्, जन आन्दोलन बा वि सं २०५२ को सशस्त्र जन आन्दोलन अथवा वि संं २०६२ साल पछि पनि धेरै साहदत भएका र राजनैतिक असन्तोषले जन्माएको जेन्जी आन्दोलन २०८२ भाद्रमा पनि दर्जनौँ निहत्था नव पुस्ताको रगतले सिन्चिएको देश हो हाम्रो । अभैm सहिदको सपना उधारो छ, अधुरो र अपुरो छ, जव जव शासकहरु मनलागी गर्छन्, देश भड्खेलामै पर्ने हो, परिरहेकै छ ।
देश रोगी छ, भोगी छ, जनता ठगिएका छन्, विचौलियाको जगजगी छ । विधिको शासन भन्दै शासकहरुले कुकर्म गरे, लोकतन्त्रको नाम भजाएर जनतालाई हैरानी दिए, जनता स्वदेशमा टिक्न नसकेर खाडी धकेलिए, ६ महिनामा ६ लाख मान्छे निर्यात हुने, ५ महिनामा १० खर्ब रेमिटान्स आउने, जनता गरिव नेता धनी हुने देश हो हाम्रो । जनता आबास अफापमा रहँदा बनेको भैसेपाटीका जिमखाना सहितका आलिशान महलहरु ढलेका छन्, देशको शान सिँदरबार निहुरिएको छ, पुराना श्री ३ हरुले अग्लाए नयाँ श्री ३ हरुले ढाले । यसअघि दरबार आगलागीबाट जल्न खोज्दा विस्फोटक पदार्थ प्रयोग गरे अग्रभाग बचाइएको थियो, कारण त्यसको संरक्षक थियो, त्यसैलाई हेरिरहेको तीनधारा पाकशालाको शालिक अभैm छ तर अहिले संरक्षकको अभावले बचाउने कोही भएन बरु तुइन चढेर भागे ।
सहिद पार्कको कार्यक्रममा बस्दा, सुन्दा आँसु आयो सबैको, सहिद परिबार तनावमा थियो, आक्रोशित पनि थियो, घाइते, लँंगडा, लुला, अपाँग बेसहारा आप्mनो कतैे परिचयपत्र पनि नपाएको व्यापक गुुनासो पोखियो त्यहाँ । कार्यक्रम नै भाँडिएला जस्तो भयो आयोजकलाई नै आच्छु आच्छु पारेको थियो भीडले । अन्त्यमा गृह मन्त्रीले निकै नरम भाषा प्रयोग गर िहामी त्यसैका लागि आएका हौँ तपाइँहरको काम गर्न नै हो भने, तैपनि भीड शान्त भएका ेथिएन, केही बेर बोलेर गृह मन्त्री हिँडे त्यहाँबाट । यही भावना मुखर गर्नै यो कार्यक्रम राखिएको र सिँहदरबारले राम्ररी सुनेको छ, अब केही हुन्छ न आत्तिनोस् भने आयोजकहरुले । वास्तवमा सहिदको सपना कहिल्यै पूरा गरिएन । सशस्त्र युद्ध १० वर्षमा कति साहदत भए, वेपत्ता छानवीन आयोग, सत्य निरुपण आयोग बन्यो अब बनाउनेहरुले आप्mनो परिचय फेरिसकेका छन् । जसले सशस्त्र आन्दोलनको आह्वान गरे १० वर्षसम्म आपूm महलमा बसेर निहत्थाको ज्यान लिए, परदेशमा पालिए आपूm र यहाँका खर्बोँ खर्बका संरचना ध्वस्त पारेो, सिउँदो कसैको बचेन, बैँकहरु लुटिए, घरबार विहीन पारियो मानिसहरुलाई त्यसकै प्रभाव स्वरुप अहिलेसम्म मान्छे गाउँ छोड्न बाध्य भइरहेको छ, अव्यवस्थित बसाइ सराइ छ, एक थान संविधान अचाक्ली मूल्यको छ, उत्पादन ठप्प, बस्तु खाद्यान्न पनि धेरै आयात, निर्यातमा विदेशी कच्चा पदार्थको भटमासको तेल त्योे पनि भारतको नीति भन्सार छूटको सुविधा पाएर, देश भेरै ठूलो व्यापार घाटामा, ठूलो ऋणभार र करको मारमा छ, सिमाना असुरक्षित केवल सुरक्षाकर्मीले नेता जोगाइदिनुपर्ने, बनेका संरचनाहरु ध्वस्त र हरेक दश वर्षमा कहालिलाग्दो र भीषण परिवर्तन भइरहँदा देश थर थर काँपिरहेको छ अझै ।
भोकमरी, ग्रेलिष्टमा देश, विदेशी लगानी धेरै कम, अधिक तरलता, सहकारीका समस्या, उत्पादनमा निराशा, रोजगारीको दयनीय अबस्था, सिँचाइको अभाव, विग्रँदो वातावरण, बेमौसमको चुनाव, अति खर्चिला नेता, कोष रित्याउँदै आप्mना मान्छेको भर्ती, देशलाई चिरा पार्दै बेतुकको संघियता र खर्चिलो गणतन्त्र, अनावश्यक प्रदेश सरकार जो केवल मन्त्री उत्पादन गर्ने कारखानाको रुपमा विकसित भएको छ, छत्तीस वर्षमा ३० जना प्रधानमन्त्री, सबैलाई राज्यकोषबाट बेपर्वाह उपचार र सुरक्षा खर्च अनि कहालिलाग्दो बेरुजुमा छ देश ।
रगत दिए जनताले सहिद भए, राजनैतिक कार्यकर्ताले तिनको रगत पिए लाजै नमानी बोनसको रुपमा, कोमल भूमि धर्मलाई बिक्रीमा राखे, अरुको वादनलाई भित्राए नेपाली वादलाई पन्छाए, इतिहास बोकेको विरासत भत्काए, नक्कली बहाना गर्दै भूmठो सपना देखाएर जनतालाई निचोरे, असह्य ताडना र वेदनाले मानिस बाहिरिए र बाकसबन्दीमा फर्किए । पूर्वाधार जलविद्युतमा बढी लागत भयो जसको कारण भूटानभन्दा महँगो विजुली, वर्षाको भेलले बगाउने सडक, सधैँको दूर्घटना, प्राकृतिक प्रकोपसंग जुध्न नसक्ने संयन्त्र, विचौलया र ठेकेदारी शिक्षा र स्वास्थ्य मोनोपोलीको हद नाघेर जेन्जी आन्दोलन छेडिएको थियो र अहिले देश निर्वाचनको घडीमा छ । तर चुनावपछि पनि आउने भनेको र बन्ने भनेको पुरानै संयन्त्र हो जसले बहुमत बा दुई तिहाई बा निकास दिन नसक्ने संसद बा सरकार बन्ने पुरानै संकेत मिलिरहेको छ । समानुपातिक प्रणाली पुरानै छ र प्रत्यक्ष जनताको आँखाबाट गिरेकाहरुलाई राष्टिृय सभामा भर्खरै लगिसकिएको छ । लोकतन्त्र राजनीतकर्मीहरुको व्यवसाय भयो, सेवा भएन, राजनीति समाज सेवा भएन र व्यापारको रुपमा असुलियो, साँसद खरिद विक्री, सय्यौँ भ्रष्टाचार काण्डहरु तिनलाई लुकाउन अपवित्र गठबन्धन, निष्ठा र सिद्धान्तविहीन राजनीति बोकेर देश लुट्न पल्केकाहरु केही पाखा लाग्न नपाउँदै फेरि हुँकार बढिरहेको सन्दर्भमा सहिदको मर्मलाई कसले हेर्ने ? अहिलेको नागरिक सरकार पनि अस्थायी भएको र पुरानो भ्रष्टाचारका फाइलहरु खोल्न नसकेको अबस्थामा छ, उसलाई इतिहासमा सिँहदरबार बा बालुवाटारको नाम मात्रै लेख्ने मनसाय रहेको देखिएको छ ।
देशमा यति ठूला विषयहरु छन् जुन विषय आउने निर्वाचन पछि पनि सम्बोधन हुने संकेत छैन, पहिले त सविधान संशोधन गरेर संयन्त्रहरु कटौती गरिनु पर्छ, अनावश्यक आयोगहरु मन्त्रालयहरु खारेज गरिनु पर्छ, देशमा विकेन्द्रीकरण आबश्यक हो अर होयन, सेवा दिने स्थानीय संयन्त्रहरुलाई बलियो बनाई बाँकी बीचका संयन्त्रहरु हटाई सानो आकारको चुस्त सरकारको आबश्यता छ देशलाई, जनसंख्या र भूगोल सानो छ हाम्रो, आप्mनो आम्दानी पनि खासै छैन, आयभन्दा व्यय बढी गरेर विदेशीको इसारामा धर्म परवर्तन गरेर भएको इतिहासलाई ध्वस्त पारेर देश उँभो लाग्दैन, समृद्ध हुन्न । अत: सबैले सौहाद्रपूर्ण ढँगले संवाद गरी नयाँ सविधान जारी गरीे देशको निकासतिर अग्रसर हुनुमै सबैको कल्याण छ र सहिदको सपना पनि दिगो रुपमा पूरा हुनेछ ।




















