नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाली राजनीतिमा नयाँ संकट आउने संम्भावना रहेको शंका गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बाँस्कोटाले उनले राजनीतिक बजारमा ‘गडबडी’को शंका गरेका हुन् ।बास्कोटाले लेखेका छन, ‘फेरि केही गम्भीर गडबडीको खिचडी पाक्दै गरेका आशंका राजनीतिक बजारमा ब्याप्त । क-कसले के-के प्राप्त गरेपछि नेपाल स्थिर हुने हो, थाहा छैन ।’
उनले दल, नेता र व्यक्ति भन्दा माथि राष्ट्रियता र लोकतन्त्र नराख्दा समेत हरेक पुस्ताले हैरानी खेप्नुपर्ने तर्क पनि गरेका छन् ।

















