शिवरात्रि र चौसठ्ठी ज्योतिर्लिङ्ग

यही फागुन तीन महा शिवरात्रि पर्व, कैयन भक्तहरुको भीड लाग्छ पशुपतिमा । भारतमा द्वादश व्योतिर्लिँगहरु छन् । सम्पूर्णमा शिरभाग पशुपतिनाथ हुन् जो नेपालको राजधानी काठमाडौँमा रहेका छन् । काठमाडौँ लगायत नजिकका १० जिल्लाहरुमा ६४ ज्योतिर्लिँगहरु छन् । ने मुनिबाट देशको नाम नेपाल रहने क्रममा उनै ने मुनिले विरुपाक्षलाई सम्पूर्ण पापबाट मुक्त दिलाउन यी ६४ ज्योतिर्लिँगको दर्शन, पूजा, रुद्राभिषेक अनि सत्संग गराएका थिए । विरुपाक्षलाई मातृगमनको दोष लागेको थियो । सत्ययुगमा सत्यपुरी, त्रेता युगमा तपोवन, द्वापर युगमा मुक्ति सोपान भनिने यो भूमिलाई हालको युगमा नेपाल भनिन्छ । ने मुनिबाट स्थापित र यहाँ सदैव न्यायेन पाल्यते भन्ने अर्थ अर्थात् यहाँका जनताहरु सधैँ न्यायले सुरक्षित हुन्छन् भन्ने अर्थमा यहाँको नाम नेपाल रहन गएको हो । कलियुगको आरम्भ भने वि सं २०८२ सालसंगै जम्मा ५ हजार १२६ वर्षमा प्रवेश गरेको छ ।
पंक्तिकारले नेपालमा रहेका आदिम ज्योतिर्लिँग बारे खोजमूलक पुस्तक प्रकाशित गरेको छ, करिव ३ वर्ष लगाएर तत्तत् क्षेत्रमा पुगेर । पुस्तकले आन्तरिक पर्यटनमा ठूलो सहयोग गर्नेछ । यसमा चासो र ढाडस दिने निरन्जन ओझा, त्रि वि वि पुस्तकालय, रवि ओझा, राष्टिृय अभिलेखालय, केसर पुस्तकालय, डिल्लीरमण पुस्तकालय, मन्त्रिपरिषदको कार्यालय, शिक्षा मन्त्रालय, गृह, सन्चार, कृषि, वन, भूमि सुधार, पर्यटन मन्त्रालयहरु, विभागहरु, पर्यटन बोर्ड, नागरिक उड्डयन प्राधीकरण, वित्त आयोग, कृषि विभाग, अध्यागमन, कारागार विभाग, सिँहदरबार बैद्यखाना, गोकर्णेश्वर नगरपालिका र केही वडाहरु, कागेश्वरी मनोहरा नगरपालिका, बीमा कम्पनी, खाद्य संस्थान, त्रि वि भन्सार कार्यालय, कृषि सूचना केन्द्र, वीउ बीजन केन्द्र, संघीय, सामान्य प्रशासन मन्त्रालय, काठमाडौँ नगरपालिकाका केही वडाहरु, शिक्षा क्षेत्रका विभिन्न स्कूल, कलेजहरु, लीलामणि पौडेल, शंकर पाण्डे, रामकृष्ण कर्माचार्य, विमल होडा, रामकृष्ण बराल, कुमार सुवेदी, कुलमान घिसिँग, शेखर अर्याल, माधव खनाल, ईश्वर सापकोटा, केशव सापकोटा, ईश्वरी लामिछाने, भवानी पौडेल, मनु हुमागाइँ, भागवत सापकोटा, मिलन थापा, प्रकाश थापा, गणेश सुवेदी, कुमार सुवेदी, रामेश्वर फुयाल, विष्णु पुडासैनी, केशव पुडासैनी, रेणुका पौडेल, रबिना पौडेल, विकास थापा, रामशरण तिमिल्सिना, भगवान नरेन्द्र थापा, धनजीत लामा, वीर बहादुर वाइबा, आनन्द सन्तोषी राई, सरोजनिधि तिवारी, मुकुन्द गजुरेल, केशव गुरुँग, नारायणबहादुर सुवेदी, जयराम महत, नवराज लामा, दीपेन्द्र लामा, राजिव थापा, उपेन्द्र कार्की, शैलेन्द्र कुइँकेल, मुरारि कुइँकेल, सुदर्शन सिग्देल, सीताराम पोखरेल, योगेन्द्र खतिवडा, राम सन्जेल, भीम बहादुर पाण्डे, अर्जुन सुवेदी मानबहादुर तामाँग, मोहन रायमाझी, विजयनारायण मानन्धर, कैलाश श्रेष्ठ, राजेश विष्ट, सुदर्शन थापा, शंकरहरि आचार्य, खगेन्द्र बस्नेत, राजु भण्डारी, विष्णु न्यौपाने, गोपाल न्यौपाने, जयराम न्यौपाने, ज्ञान प्रसाद न्यौपाने, दिनेश नापित, हरिकृष्ण अर्याल, रमेश खनाल, रमेश न्यौपाने, उमेश खनाल, विभु लुइँटेल, सर्वज्ञराज पौडेल, हरिभक्त पुडासैनी, जनार्दन आचार्य, नवराज घिमिरे, सीता श्रेष्ठ, प्रद्युम्न घिमिरे, राधिका घिमिरे, अष्टलाल श्रेष्ठ, गोविन्द टण्डन, मणिराम वाग्ले, चण्डिका भट्ट, हरिभक्त सिग्देल, रामेश्वर फुयाल, धर्मथिँग लामा, ऋषिराम पोखरेल, केन घले, नरेश श्रेष्ठ, उमेश सापकोटा, यान प्रसाद अधिकारी, माधव सिटौला, प्रमिला न्यौपाने, मुरारि सुवेदी, कुमार श्रेष्ठ, नवराज पुडासैनी, दिपक रिसाल, शम्भु भट्राई, शोभाखर न्यौपाने, शोभाकर जोशी, रीता सापकोटा, बसन्त रिजाल, पुरुषोत्तम ढुंगेल, रामेश्वर नेपाल, अर्जुन गौतम, सौरभ बस्नेत, बालमुकुन्द कार्की, चन्द्रमणि गौतम, विश्वराम श्रेष्ठ, जगत उपाध्याय, दुर्गा नेपाल, जयस्वर रिमाल, सन्तोष रोका, नरेन्द्र भट्राई, ईश्वर पाण्डे, अरुण पौडेल, होमकान्त चौलागाइँ, रामशरण तिमिल्सिना, सौरभ बस्नेत, धु्रव अर्याल, मोहन थापा, सुरेश श्रेष्ठ, रामशरण पुडासैनी जस्ता विशिष्ट सामाजिक अभियन्ताहरु हुनु हुन्छ । मूलत सूचना तथा प्रशारण विभागले यसलाई डकुमेण्टेड गरेको छ । सान न्यूज च्यानलले यसलाई भरपूर स्थान दिएको छ । धर्म संस्कृति, संस्कार, इतिहास, सम्पदा, सभ्यताको बीउ नमायिोस् भनी लेखकलाई छट्पटी र हुटहुटीले गर्दा सकिनसकी यो तयार भएको हो । यसमा चासो दिनेहरु अरु विशिष्ट साधकहरु पनि हुनुहुन्छ, समय विशेषमा आउने नै छ । महाशिवरात्रि ०८२ को अबसर पारेर यसलाई थप उजागर गर्न पाउँदा लेखकले आत्सम्मानको अनुभूति गरेको छ ।

सिन्धुलीको कुशेश्वर पहिलो ज्यातिर्लिँग हो भने अन्तिममा पर्छ रुद्रगारेश्वर जुन पशुपतिको कैलाश दक्षिण भागमा रहेको छ । दोलखाका भीमेश्वर, सिन्धुपाल्चोकका काफेश्वर, स्फटिकेश्वर, काभ्रेका कश्यपेश्वर, चण्डेश्वर, धनेश्वर, विकटेश्वर, इन्द्रेश्वर, भालेश्वर हुन् । ललितपुरमा गुप्तेश्वर, तिलेश्वर, चम्पकेश्वर, रामेश्वर, कालेश्वर रहेका छन् । मकवानपुरमा नटारम्भेश्वर, चम्पेश्वर, उन्मत्तेश्वर, नन्दीकेश्वर, गोखुरेश्वर, पाण्डुकेश्वर, कूटेश्वर छन् भने काठमाडौँमा उद्दालकेश्वर, गोपालेश्वर, शतरुद्रेश्वर, काकेश्वर, मणिचूडेश्वर, योगेश्वर, नारायणेश्वर, ज्योतिर्लिँगेश्वर, गोलोकेश्वर, चन्दनभराटेश्वर, यक्षेश्वर, चण्डिकेश्वर, धर्मेश्वर, गोकर्णेश्वर, कोटेश्वर, वाणेश्वर, ज्ञानेश्वर, पर्वतेश्वर, जलेश्वर, गुह्येश्वर, किराँतेश्वर, भष्मेश्वर, भुवनेश्वर, रुद्रगारेश्वर रहेका छन् । भक्तपुरमा रत्नचूडेश्वर, वागेश्वर, वाल्मीकेश्वर, मंगलेश्वर, विमलेश्वर, अनन्तलिँगेश्वर, विश्वरुपेश्वर, सोमेश्वर रहेका छन् ।

ललितपुरमा गोभराटेश्वर, भृँगेश्वर, त्रिलिँगेश्वर, कुपितेश्वर, सर्वेश्वर छन् भने धादिँगमा असितेश्वर, नुवाकोटमा भैरवेश्वर, ब्रह्मेश्वर, कार्तिकेश्वर रहेका छन् । मकवाननपुरको नटारम्भेश्वर केही विकट देखिन्छन् र ललितपुरकै कालेश्वर, गुप्तेश्वर पनि । अन्य स्थानहरुमा पुग्न खासै कठिन छैन । पंक्तिकारले जवानीमै एकपल्ट सबैजसो दर्शन सकेको हो तापनि हाल केही वर्षयता विश्व हिन्दु महासंघ, काठमाडौको आह्वानमा यात्रुहरु मिलेर सबैतिर दर्शन गर्ने गराउने अभियानमा संलग्न रहेको हो, यसमा अभियन्ता रेखा अर्यालको नाम लिनै पर्ने हुन्छ । नुवाकोटका ३ ज्योतिर्लिँगको दर्शन गर्ने क्रममा कपिलेश्वर शिवको पनि दर्शन गर्ने क्रम जुरेको हो, नुवाकोटको कार्तिकेश्वर ज्योतिर्लिँगको दर्शनपछि हाम्रो टोली कविलास उकाली चढ्दै शिखरमा पुगेको हो । डेढ् कि मि बढी उकाली पैदल जानु पर्ने सो स्थान घना वनका बीच रहे पनि नुवाकोटको त्यो शिखर पुगेपछि चारैतिरको शोभा हेर्न लायक छ, संगै नाट्येश्वरी देवी पीठ पनि छ । हजार बढी सिँढी पार गर्दै ठाडै उकाली चढ्नु पर्ने सो स्थानमा मन्दिर पुग्ने बेला सिँढीहरु छैनन् र वर्षाको समय केही असहज हुन सक्छ ।
काठमाडौँको टोखा सडक उकाली चढ्दै शिवपुरी डाँडो पार गरेपछि ओराली शुरु हुन्छ र गुज्र्येभन्ज्याँग पुगेपछि चिया नास्ता गर्दै ओराली लाग्ने गर्छन् सवारी साधनहरु । बाइकमा जानेहरुको छुट्टै मजा छ । तल झरिसकेपछि तादी खोला पुगिन्छ । बाटैबाट केही पूर्व कच्ची र केही असजिलो बाटो पार गर्दै उकाली चढ्दै सवारीबाट रोकिएर पैदल केही समय हिँडेपछि नदी संगममा एक विशाल ढुँगाको आकृति देखिन्छ र त्यहीँ कार्तिकेश्वर शिव लिँग हो, त्यसपछि तल झरेर कपिलेश्वर पुग्न केही समय लाग्छ, मन्दिरको डाँडो त तलैबाट देखिन्छ तर सवारी हैँँ हैँ गर्दै शिखर पुगेर पनि २ घण्टाको पैदल समय छुट्याउनु पर्छ । पुनः तल झरेर हाम्रो समूह राक्षसेश्वर हुँदै ब्रह्मेश्वर पुगेको हो, त्यहाँ समथर भएकाले कच्ची हिलो बाटो सानो पार गर्दै खेतका गराहरु वरिपरि रहेको सानो क्षेत्र ब्रह्मेश्वर पुगेर हामीले पूजा, रुद्राभिषेक गरेका हौँ, नजीकै राक्षसेश्वर पनि छन् । त्यसपछि लगत्तै हामी त्रिशूली संगम जाल्पादेवी थान संगै रहेको भैरवेश्वर हानियौँ । जाल्पा देवीथान समथरमै रहेकाले हाम्रो सवारी त्यहाँ रोकिएको थियो । भनौँ धर्म गर्न बा आन्तरिक पर्यटनमा हामी धेरै टाढा जानै पर्दैन हामीसंगै धेरै देव देवी मठ मन्दिरहरु छन् आदिम शिवक्षेत्र हो हाम्रो, हर माटोका कण र जलकणमा ईश्वरको राज रहेको छ । सबै भक्त, साधकहरु प्रति आभार, तत्तत् क्षेत्रमा पुग्न सकिएन भने पनि त्यहाँको लिपिबद्ध भएको कृति, फोटोहरु सजाएर आप्mनो निबासमा राख्न सके पनि त्यहाँ पुगेको अनुभूति हुन्छ । पुस्तक केहीप्रति बाँकी नै छन् लेखकसंग सम्पर्क गर्दा राम्रै होला ।