skip this वडा नं १६ बालाजु च:मती

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

५१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-७ कुमाल गाउँ बस्ने ३१ वर्षीय यज्ञ बोहरालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बोहराले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।