राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राज्यले कसैलाई पनि भूमिहीन बनाएर राख्न नसक्ने बताएका नछ। चुनावी सभाका क्रममा आज चितवनको आपटारीमा सम्बोधन गर्दै लामिछानेले भूमिहीन र सुकुमबासी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले अब रास्वपाको एकल नेतृत्वमा शक्तिशाली सरकार बनेपछि भूमिहीन समस्या समाधानका लागि एक सशक्त आयोग गठन गरिने बताए । उक्त आयोगमा कुनै पनि दलका, प्रतिनिधि नराखी दलबाहिरका विज्ञ व्यक्तिहरूलाई समावेश गरिने उनको भनाइ थियो।
लामिछानेले भूमिहीन र सुकुमबासीसँग सम्बन्धित समस्या वर्षौंदेखि राजनीतिक रूपमा प्रयोग मात्र हुँदै आएको उल्लेख गर्दै अब स्थायी समाधान आवश्यक रहेको धारणा राख्नुभयो। “यो समस्या अब सदाका लागि अन्त्य हुन्छ,” उनले प्रतिबद्धता जनाउँदै भने।
उनले आगामी सरकारले नीतिगत, कानुनी तथा प्रशासनिक सुधारमार्फत वास्तविक भूमिहीनको पहिचान गरी न्यायोचित ढंगले व्यवस्थापन गर्ने स्पष्ट पारे ।


















