ओलीले मतदातासँग भने : देशभक्तिको काम गर्नै नहुने,मजाक बनाइदिन्छन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा-५ मा आयोजित चुनावी घरदैलोमा एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्ने विशिष्ट अनुभव बताएका छन्। झापा-५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका ओलीले चार पटक प्रधानमन्त्री हुँदा मात्रै पूर्ण कार्यकालको अनुभव हासिल भएको स्मरण गरेका छन्।

उनले विकास स्थिर रूपमा हुन नसक्ने भन्दै, काम अगाडि बढाउन निरन्तर कदम चाल्नुपर्ने र नयाँ प्रयासमा चुनौतिहरू आउन सक्ने बताए। रेल सञ्चालन र पानीजहाज मार्ग जस्ता उदाहरण उल्लेख गर्दै, बारम्बार सुरु गर्नुपरे पनि नीति र योजना अघि बढाउनु अपरिहार्य रहेको उनको भनाइ छ ।