एमालेले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैनः ईश्वर पोखरेल

काठमाडौं–५ का एमाले उम्मेदवार ईश्वर पोखरेलले चुनावी घरदैलो तथा मतदाता भेटघाटलाई तीव्र पारेका छन् । टोखामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले एमाले देश बनाउने शक्ति भएको बताए ।‘एमालेले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन,’ उनले भने ।

एमालेलाई विजयी गराउन सबै कार्यकर्ता र समर्थकलाई जनतामाझ पुगेर पार्टीका एजेन्डा राख्न अनुरोध गरेका छन् ।जनताका गुनासा, आलोचना र समस्या सुन्ने र समाधानतर्फ लाग्ने पोखरेलले प्रतिबद्धता जनाए ।