प्रश्न सोधौं, एमाले रोजौंः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू प्रश्नबाट कहिल्यै नभागेको बताएका छन् । त्यसकारण प्रश्न पनि सोध्न र एमालेलाई रोज्न उनको आग्रह छ । झापा–५ मा मंगलबार भएको ‘पब्लिक डिबेट’ कार्यक्रमको सहभागिताबारे उल्लेख गर्दै ओलीले एमालेले प्रश्न छलेर आफूलाई राम्रो देखाउने राजनीति नगरेको बताएका हुन् । उनको संकेत बालेनप्रति छ ।

एमालेले आफूमाथि उठेका प्रश्नको उत्तर दिँदै आएको ओलीको भनाइ छ । । त्यसैले एमालेमाथि आलोचना र विरोध पनि सुनिने गरेको उनले बताए ।‘कतिपय प्रश्नमा आत्मालोचना गर्ने र सुधार्ने पनि गरेका छौं । प्रश्न छलेर आफूलाई राम्रो देखाउने राजनीति हामीले गरेनौं’, ओलीले लेखेका छन्, ‘पब्लिक डिबेट आयोजना गर्ने आयोजक, त्यसमा भाग लिने उम्मेदवार र सहभागी नागरिक सबैलाई धन्यवाद । म नागरिकहरूको साथमा रहनेछु । प्रश्न सोधौं, एमाले रोजौं ।’