चुनावपछि कांग्रेस पहिलो पार्टी बन्छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेस पहिलो पार्टी हुने दाबी गरेका छन् ।

राँकेबजारमा इलाम र पाँचथरको चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।पहिलो हुने दललाई सरकारको नेतृत्व दिनुपर्ने कांग्रेसको प्रस्ताव रहने उनको भनाइ थियो । दोस्रो र तेस्रो दल प्रतिपक्षमा बस्ने गरी प्रस्ताव पेस गर्ने उनको भनाइ थियो ।