नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले सुकुमवासीहरूको दीर्घकालीन व्यवस्थापनका लागि आफूले ठोस पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपाली कांग्रेस विराटनगर वडा नं.६ द्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुकुमवासी बस्तीका समस्या समाधानलाई आफ्नो प्राथमिकतामा राखेको स्पष्ट पारे।कोइरालाले आफूले सुकुमवासी आयोगका सदस्यसँग प्रारम्भिक छलफल गरिसकेको जानकारी दिँदै छिट्टै आयोगका प्रतिनिधि स्वयं बस्तीमै आएर स्थानीयका समस्या सुन्ने वातावरण बनाइने बताए।
‘म तपाईंहरूको पीडा र समस्या नजिकबाट बुझेको छु। आयोगका सदस्यसँग कुरा भएको छ। उहाँ यहाँ आउनुहुन्छ, तपाईँहरूको समस्या सुन्नुहुन्छ र व्यवस्थापनको काम अघि बढ्छ,’ उनले भने ।



















