वनगाड कुपिण्डे नगरपालिका १२ चौरस्थित लालीगुराँस सामुदायिक
वनबाट भरूवा बन्दुक १ थान शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी
वनगारबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारेको हो ।
बागलुङ, काठेखोला गाउँपालिका(३ धम्जा खानीखोलास्थित जंगलबाट भरूवा
बन्दुक ५ थान शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बिहुबाट खटिएको
प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

















