skip this वडा नं १६ बालाजु च:मती

मिथिलाञ्चलमा आजदेखि होली

माध्यमिकी परिक्रमाअन्तर्गत महोत्तरीको कञ्चनवनमा होली खेलेसँगै मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत रुपमा सुरु भएको छ ।पन्ध्रदिने परिक्रमामा आएका साधु, सन्त, महात्मा र जोगी सन्यासीको उपस्थितिमा धार्मिक अनुष्ठान गर्दै आज बिहान भगवान् मिथिलाविहारी रामचन्द्रले किशोरीजी माता सीतासँग महोत्तरीको कञ्चनवनमा होली खेलेपछि आजैदेखि सम्पूर्ण मिथिलाञ्चलमा होली पर्वको शुभारम्भ भएको छ । पन्ध्रदिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौँ दिनको बासस्थान कञ्चनवनमा आज धार्मिक विधिपूर्वक भगवान् रामचन्द्र तथा माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ र अबिरले होली खेलाइएको छ भने परिक्रमामा सहभागी हजारौँ साधु, सन्त, महात्मा र गृहस्थ परिवार गरी सम्पूर्ण परिक्रमा यात्रीसमेतले एकापसमा रङ अबिर साटासाट गर्दै होली पर्वको सुरुआत गरेको बाबा नवलकिशोरले बताउनुभयो ।

मिथिलाञ्चलको गाउँगाउँ तथा घरघरमा पनि रङ अबिरको प्रयोग सुरु भएको छ । त्यसैगरी, होलीको आगमनसँगै प्रत्येक वर्षझैँ यस वर्ष पनि मिथिलाञ्चलको गाउँगाउँमा होलीका गीत, नाचगान, हाँसोठट्टा र व्यङ्ग्यात्मक कविता तथा चुटकिला गाउने, देखाउने र प्रस्तुत गर्ने कार्यको पनि शुभारम्भ भएको छ भगवान्ले वनवास गएको दिनलाई सम्झिँदै १५ दिने परिक्रमा गर्दछन् धनुषाको हनुमानगढीमा यही फागुन ४ गते सोमबार परिक्रमाका लागि भगवान् रामचन्द्र र माता सीताको डोला तथा परिक्रमायात्रीहरू जम्मा भई फागुन ५ गते मङ्गलबारदेखि भारतको कलाणेश्वरबाट सुरु भएको परिक्रमा यात्रा १५ दिनमा जनकपुरमा पुगी समाप्त हुनेछ ।