सवारी दुर्घटनामा दुई को मृत्यु

रूपन्देही, बुटवल उपमहानगरपालिका(११ स्थित मजुवा डम्पिङमा लु १ त ८५२९ नम्बरको ट्याक्टर मंगलबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सरसफाई काम गर्ने रूकुम पूर्व भुमे गाउँपालिका५ घर भएका २० वर्षीय अन्तिम परियारको घटनास्थलमै मृत्यु भएको छ । रोल्पा, रून्टिगढी गाउँपालिका ५ र दाङ, घोराही उपमहानगरपालिका १९ को सिमाना खुमबासस्थित सडकमा घोराहीबाट होलेरीतर्फ आउँदै गरेको लु १ ज ४८५४ नम्बरको बोलेरो मंगलबार बिहान दुर्घटना हुँदा बोलेरोमा सवार परिवर्तन गाँउपालिका(६ बस्ने २४ वर्षीया बिष्णु माया बुढा मगरको घटनास्थलमै मृत्यु भएको छ ।