सप्तरी, राजबिराज नगरपालिका ६ शान्ति टोलस्थित माछा पोखरीमा सोही ठाउँ बस्ने १९ वर्षीय अंगद कुमार मेहतर मंगलबार मृत अवस्थामा फेला परेका छन् । सुनसरी, इटहरी उपमहानगरपालिका १० आमझोकी बस्ने ७५ वर्षीय सोठिलाल चौधरी आफ्नै घर नजिक रहेको नालामा मंगलबार मृत अवस्तामा फेला परेका छन् । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ६ शान्तिनगर टोल डेरा गरी बस्ने सोही नगरपालिका १२ घर भएका ३७ वर्षीय मिन बहादुर थापा आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । रूकुम पूर्व, सिस्ने गाउँपालिका ६ आलास्थित काक्रीवाङ भन्ने जंगलको ओढारमा सोही ठाउँ बस्ने ४० वर्षीया लक्ष्मी विक मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । इलाम, रोङ गाउँपालिका५ मालबासे बस्ने ५५ वर्षीया निर्मला श्रेष्ठ सोही ठाउँस्थित
जंगलमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । उदयपुर, रौतामाई गाउँपालिका(७ सौर्य वनमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
















