पाकिस्तानका रक्षामन्त्री खवाजा आसिफले अफगानिस्तानसँँग ‘खुला युद्ध’को घोषणा गरेका छन् । पाकिस्तान र अफगानिस्तानसँग सीमा क्षेत्रमा गोली हानाहान भइरहेको विश्व मिडियाले उल्लेख गरेका छन् भने सैन्य शक्तिमा अफगानिस्तानभन्दा धेरै बलियो पाकिस्तानले काबुलमा हवाई हमला गरिरहेको छ ।
पाकिस्तानका प्रधानमन्त्री शेबाज शरिफले पाकिस्तान शान्तिको पक्षमा भएको, तर कुनै पनि आक्रमणको प्रतिकार गर्ने बताएका छन् । अल जजिराका अनुसार सन् २०२१ देखि पाकिस्तान र अफागनिस्तानका सैन्य भिडन्त ७५ पटक भएका छन् ।
यसैबीच पाकिस्तान र अफगानिस्तान दुवैसँग सीमा जोडिएको देश इरानले भने दुवैपक्षसँग शान्ति कायम गर्न आग्रह गरेको छ । इरानी विदेशमन्त्री अब्बास अराग्चीले असल छिमेकीपना र वार्ताको माध्यमबाट समस्याको समाधान गर्न आग्रह गरेका छन् ।


















