रुसले बुझायो हजारभन्दा बढी युक्रेनी सेनाको शव

रुस र युक्रेनबीच युद्ध जारी रहेकै बेलामा दुवै देशले एकअर्काका सैनिकका शव साटासाट गरेका छन् । रुसले १ हजार युक्रेनी सैनिकको शव हस्तान्तरण गरेको र बदलामा ३५ रुसी सैनिकका शव प्राप्त गरेको जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका वरिष्ठ सहयोगी भ्लादिमिर मेदिन्स्कीले टेलिग्राममार्फत छोटो वक्तव्य जारी गर्दै शव आदान–प्रदान भएको जानकारी दिएका हुन् ।

थप विवरण नखुलाए पनि उनले ट्रकबाट शव झारिँदै गरेको तस्बिर सार्वजनिक गरेका थिए ।केही घण्टापछि युक्रेनले आफूले १ हजार शव प्राप्त गरेको पुष्टि गर्दै ती रुसी पक्षको पूर्व जानकारीअनुसार युक्रेनी रक्षकहरूका हुन सक्ने जनायो ।