कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले होलीका कारण चुनाव प्रभावित नहुने बताएका छन् । आइतबार मौन अवधि र मिडिया अन्तक्रिया कार्यक्रममा उनले तराईमा भूगोलको बुझाइ परिपक्व रहेको बताए ।
‘होलीले निर्वाचनलाई असर गर्दैन । म तराईका जिल्लाहरूमा पनि गएका थिएँ । त्यहाँ चुनावको मुखमा होली अझै राम्रोसँग मनाउँछौँ भनुभएको छ,’ उनले भने । २१ फागुनमा प्रतिनिधिसभाको चुनाव छ भने १८ फागुनमा पहाडी जिल्लामा होली र १९ फागुनमा तराईका जिल्लामा होली रहेको छ ।


















