मध्यपूर्वमा दुई दिनदेखि भइरहेको आक्रमण र अशान्तिपछि त्यस क्षेत्रमा रहेका लाखौँ नेपालीहरू चिन्तित बनेका छन्। त्यहाँ रहेका नेपालीहरूको अवस्था र आक्रमणका सम्बन्धमा नेपाल सरकारको धारणा स्पष्ट पार्न आइतबार परराष्ट्र मन्त्रालयले एक पत्रकार सम्मेलन गरेको छ।
पत्रकार सम्मेलनमा परराष्ट्रका सहसचिव रामकाजी खड्काले जानकारी दिएअनुसार इरानदेखि साइप्रसम्म १७ लाख २९ हजार २८८ नेपाली नागरिक छन्।
सम्भावित युद्धलाई लिएर मार्च १ मै ट्राभल एड्भाइजरी जारी गरिसकिएको जनाउँदै खड्काले सम्भावित उद्धारका लागि सरकार तयार रहेको पनि बताए ।
परराष्ट्र मन्त्रालयले विभिन्न देशमा रहेका नेपालीहरूको संख्या पनि सार्वजनिक गरेको छ।
कति छन् नेपालीहरू:
इरान- ६ जना
इजरायल- ६५००
इजिप्ट- ५००
ओमान- २५ हजार
कतार- ३ लाख ५७ हजार ९१३
लेबनान- १५ सय
साउदी अरेबिया- ३ लाख ८४ हजार ८६५
यूएई- ७ लाखभन्दा धेरै
बहराइन- २८ हजार
इराक- ३० हजार
साइप्रस- १७ हजार
कुवेत- १ लाख ७५ हजार


















