skip this वडा नं १६ बालाजु च:मती

काभ्रेको निर्वाचन क्षेत्र नं २मा रमेश जि.सी (धिराज) बढ्यो प्रभाब

काभ्रे निर्वाचन क्षेत्र नं २ को विकासका निम्ती आफ्ना ९ बुँदे प्रतिबद्धता साथ चुनाबी मैदानमा उत्रिएका रमेश जि.सी (धिराज) को प्रभाब बढेको छ । सुरुमा सामान्य देखिए पनि अन्तिम समयमा धिरज प्रति जनलर देखिएको स्थानियले बताए । ईमान्दार र देशमै केही गरेर देखाउ भन्ने भावना भएका जि.सी प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट आँखा चुनाब चिन्ह लिएर उम्मेदवार बनेका छन ।

धिरजले जेन्जी आन्दोलनको मर्मलाई आत्मसात गर्दै युवाहरुको विचार, भावनालाई समेटेर अगाडी बढ्ने र काभ्रेका बासिन्दाले पनि नयाँ उम्मेदवार खोजेकोले उनको पक्षमा लहर आएको हो ।

जि.सीले उम्मेदवार बन्दै गर्दा “काभ्रेको विकासका निम्ती आफ्ना ९ बुँदे प्रतिबद्धता” समेत अगाडी सारेका छन ।
उनले अगाडी सारेका प्रतिबद्धताहरु यस प्रकारका छन् :

१.प्रलोपाको संकल्प उन्नत विचार सहितको विकल्प
२. प्रलोपाको अर्जुन दृष्टि तिव्र आर्थिक विकास र समृद्धि
३. प्रलोपाको बैचारिक आधार उन्नत लोकतन्त्र र समुन्नत समाजवाद
४. काभ्रे जिल्लाको विकास निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आधुनिक र समतामूलक आर्थिक विकासको मोडल तयार गर्ने
५. कृषिमा आधुनिकिकरण , औद्योगिक र पर्यटकीय विकास साथै रोजगारी सिर्जना गर्ने
६. जनतामा शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको प्रत्याभूती गराउने
७. जेन्जी आन्दोलनको मर्मलाई आत्मसात गर्ने
८. प्रलोपाको एउटै लक्ष्य, कालोधन र भृष्टाचारको अन्त्य
९. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र मुख्यमन्त्री पूर्ण समानुपातिक र प्रत्यक्ष निर्वाचित व्यवस्थापिका संसद स्थापना