skip this वडा नं १६ बालाजु च:मती

एकैदिन तोलामा ८ हजार १ सय रुपैयाँले बढ्यो सुनको मूल्य

साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ८ हजार १ सय रुपैयाँले बढेको हो।जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोलामा तीन लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँ तथा प्रतिदश ग्राम ४ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँ थियो।