skip this वडा नं १६ बालाजु च:मती

धनुषा १ का रास्वपा उम्मेदवार किशोरी शाहको उम्मेदवारी खारेज

राष्ट्रिय स्वतन्त्र पार्टीका एक जना प्रत्यक्ष उम्मेदवारको उम्मेदवारी खारेज भएको छ । धनुषा १ मा रास्वपाका उम्मेदवार रहेका किशोरी शाहको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको हो ।

उनीमाथि बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको आरोप लागेको थियो । आरोपको प्रमाण पुगेपछि उनको उम्मेदवारी खारेज भएको आयोग स्रोतले जनाएको छ ।

कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी २०८० कालोसूचीमा देखिएका रहेको र विभिन्न मितिमा उनको नाम एकल र संयुक्त रुपमासमेत चेक बाउन्ससम्बन्धी कालो सूचीमा परेकाहरुको विवरणमा उल्लेख रहेको पाइएको छ।