ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ । आज दिउँसो ३:४५ बजेतिर विद्युत् सर्ट हुँदा भएको आगलागी ललितपुर महानगरको प्रहरीले बारुणयन्त्र प्रयोग गरी नियन्त्रणमा लिएको ललितपुर महानगरका प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।
“हामीले तत्कालै पुगेर दाउरा थकालीमा भएको आगलागी नियन्त्रणमा लिएका छौँ, आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ”, उनले भने ।
आठौँ तलामा रहेको दाउरा थकाली रेष्टुरेन्ट आगलागीबाट पूर्ण रुपमा जलेर नष्ट भएको उनले बताए । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको उनले जानकारी दिए ।




















