जमिनबाट पनि लेबनानमा पस्यो इजरायली सेना

जमिनबाट पनि इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाका अनुसार, दक्षिणी लेबनानमा आफ्ना पाँचवटा चौकीहरूबाट अगाडि बढ्दै लेबनानको अझ भित्रसम्म पुगेको छ । इजरायलले इरान समर्थित संगठन हिज्बुल्लाहविरुद्ध अभियानको घोषणा गर्दै लेबनानको राजधानी बेरुतमा पनि ठूला हवाई आक्रमणहरू गरेको छ ।

संयुक्त राष्ट्रसंघको शरणार्थी निकाय (यूएनएचसीआर)ले मंगलबार भनेको छ, ‘सोमबारसम्म मात्रै ३१ हजारभन्दा बढी मानिसले शरण स्थलहरूमा आश्रय लिएका छन् ।’

हवाई आक्रमण अघि इजरायलले ५३ भन्दा बढी गाउँहरू खाली गर्न चेतावनी दिएको थियो । यूएनएचसीआरका अनुसार, इजरायलले लेबनानका तीनवटा स्थानहरूमा भीषण हवाई आक्रमण गरिरहेको छ ।