झापा– ४ मा रास्वपाको अग्रता

झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले सुरुआती अग्रता लिएको छ ।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार उनले ७५०, नेकपा (एमाले) का लालप्रसाद साँवा लिम्बूले ३०० मत प्राप्त गरेको छ । यहाँ नेपाली कांग्रेसका देउकुमार थेबेले २७१ मत प्राप्त गरेको छ ।