इलाम २ मा एमालेका सुहाङको अग्रता

इलाम क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणना अनुसार नेकपा एमाले र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । सुहाङले ४९१ मत पाउँदा श्रम संस्कृति पार्टीका उम्मेदवार सुदिप राईले ४४३ मत पाएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले २१० र रास्वपा उम्मेदवार गोकुल राईले १७१ मत पाएका छन् ।