श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले अब बन्ने सरकारको नेतृत्व रवि लामिछानेले गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले जनादेशलाई सम्मान गर्नुपर्ने र जनताका प्रश्न सुन्ने तथा स्पष्ट जवाफ दिन सक्ने नेतृत्व आवश्यक रहेको बताए ।
उनले लेखेका छन्, ‘जनताले चुनिहालेपछि अब सबैले स्वीकार्नै पर्छ । तर सरकारको नेतृत्व रविले गर्दा राम्रो हुन्छ। सदनमा जनताका प्रश्न उठ्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ, नत्र बबाल हुनेछ।’




















