समानुपातिकमा रास्वपाले कटायो ५० लाख

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ५० लाखभन्दा बढी मत कटाएको छ। हालसम्म १ करोड ४ लाख १९ हजार २३४ मत गणना हुँदा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट जितेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले १६ लाख ९२ हजार ७८६ मत प्राप्त गरेको छ भने तेस्रो स्थानको नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले १४ लाख ११ हजार ४२९ मत पाएको छ।प्रत्यक्षतर्फ कांग्रेसले १८ सिट र एमालेले ९ सिट जितेका छन् ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी ले प्रत्यक्षमा ८ सिट जित्दै समानुपातिकमा ७ लाख ६६ हजार ८७५ मत पाएको छ।अन्य दलमध्ये श्रम संस्कृति पार्टी ले ३ लाख ५८ हजार ४१५ र राष्ट्रिय प्रजातन्त्र पार्टी ले ३ लाख २४ हजार ८८१ मत प्राप्त गरेका छन्।