नवनिर्वाचित सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले यस कठिन भौगोलिक अवस्थामा हुने निर्माण कार्यका लागि देशव्यापी रूपमा श्रमदाताहरूलाई तयार रहन आह्वान गरेका छन्।
पुल निर्माण स्थलको भौगोलिक अवस्था र अन्य प्राविधिक जानकारी लिन आफूले एउटा अग्रिम टोली त्यसतर्फ पठाइसकेको साम्पाङले बताए । मोटर बाटो नपुगेको उक्त दुर्गम स्थानको सम्पूर्ण वस्तुस्थिति बुझेर टोलीले जानकारी दिएपछि आफू पनि निर्माण स्थलमा पुग्ने उनले स्पष्ट पारे।


















