नेपाल वायुसेवा निगमले सरकारले समन्वयमा पश्चिम एसियामा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत स्वदेश फर्काएको छ । बिहीबार विशेष उडानमार्फत दुबईबाट २७२ जना नेपाली काठमाडौं ल्याइए। सो विमानले काठमाडौंबाट २६० जना यात्रुलाई दुबई पुर्याएको थियो । आज पनि २६७ जना लिएर निगमको विमान दुबई प्रस्थान गर्नेछ र त्यहाँबाट १६४ नेपाली स्वदेश फर्किनेछन् ।
यही फागुन १६ गतेदेखि पश्चिम एसियाको आकाशमा उडान निषेध भएपछि उद्धार उडान थालिएको हो । अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा हवाई आक्रमण गरेपछि पश्चिम एसियाली मुलुकमा उडान बन्द भएको छ ।




















