संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष २० मार्चमा फ्रान्सेली भाषा दिवस मनाइन्छ । संयुक्त राष्ट्रसङ्घले सन् २०१० देखि हरेक वर्ष अरेबिक, चिनियाँ, अङ्ग्रेजी, फ्रान्सेली, रुसी र स्पेनी भाषा दिवस मनाउँदै आएको छ ।भाषा दिवसका माध्यमबाट प्रत्येक भाषाको इतिहास, संस्कृति र प्रयोगबारे चेतना बढाउन अवसर प्रदान गर्ने संयुक्त राष्ट्रसङ्घले जनाएको छ । विश्व संस्थाका अनुसार अङ्ग्रेजी, म्यान्डारिन र स्पेनीपछि फ्रान्सेली भाषा विश्वमा सबैभन्दा बढी बोलिने चौथो भाषा हो । यो भाषा ३९ करोड ६० लाख मानिसले बोल्ने गरेका छन्भने संसारमा सबैभन्दा बढी सिकाइने दोस्रो विदेशी भाषा पनि हो । हाल करिब १७ करोड विद्यार्थीले यो भाषा सिकिरहेका छन् ।
![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-600x400.jpg)









![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-150x150.jpg)






