प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएको छ । आज शाहले नेपालको प्रधानमन्त्री पदको शपथ लिएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई बधाई दिएको हो ।

सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री मोदीले लेखेको छ, “नेपालका प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेकामा बालेन्द्र शाहलाई हार्दिक बधाई दिन चाहन्छु । तपाईंको नियुक्ति नेपाली जनताले तपाईंको नेतृत्वमा राखेको विश्वासको प्रतिविम्ब हो ।”

सो बधाई सन्देशमा समकक्षी मोदीले प्रधानमन्त्री शाहसँग मिलेर नेपाल–भारत सम्बन्धलाई अझै उचाइमा पुर्‍याउने काममा उत्सुक रहेको धारणा राखेको छ ।
भारत–नेपालबीचको मित्रता र सहकार्यलाई दुवै देशको पारस्परिक हितका लागि थप उचाइमा पुर्‍याउन आफू इच्छुक रहेको प्रधानमन्त्री मोदीले बताए।