इरानको शक्तिशाली सैन्य निकाय इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी)ले पश्चिम एसिया क्षेत्रमा रहेका इजरायली र अमेरिकी विश्वविद्यालयहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिएको छ ।
यो चेतावनी तेहरानस्थित युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी तेहरानमा आक्रमणपछि आएको हो ।आईआरजीसीले एक वक्तव्य जारी गर्दै क्षेत्रका सबै विश्वविद्यालयहरूलाई वैध लक्ष्य मानिने जनाएको छ । उसले इरानी विश्वविद्यालयहरूमा भएको आक्रमणको बदलामा दुई विश्वविद्यालयमा प्रहार नभएसम्म यस्तो अवस्था कायम रहने चेतावनी दिएको छ ।
साथै, आईआरजीसीले अमेरिकाले इरानी विश्वविद्यालयहरूमा भएको बम आक्रमणको निन्दा नगरेमा अमेरिकी संस्थाहरू पनि प्रतिकारको निशानामा पर्न सक्ने चेतावनी दिएको छ ।


















