प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार कोशी प्रदेशका सांसदहरूसँग आफ्ना क्षेत्रका समस्या र समाधानका उपायबारे छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित बैठकमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै सांसद उपस्थित थिए। रास्वपा सांसद यज्ञमणी न्यौपानेका अनुसार, सांसदहरूले आ-आफ्ना निर्वाचन क्षेत्र र जिल्लाका प्रमुख समस्या प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका छन्। उनले भने, “प्रधानमन्त्रीज्यूले तत्काल समाधान गर्नुपर्ने समस्या र त्यसको समाधानको बाटोबारे जिज्ञासा राख्नुभयो। सबै सांसदले आफ्नो धारणा राख्ने अवसर पाए।”
प्रधानमन्त्री शाहले समस्याहरू प्राथमिकताका आधारमा समाधान गर्दै अघि बढाउने योजना रहेको जानकारी दिएका छन्। न्यौपानेले बताए अनुसार, “बजेट र प्राथमिकताको आधारमा छिटोभन्दा छिटो समाधान गर्ने विषयमा उनले जोड दिए ।”



















