सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ । उक्त संस्थाले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम यस मन्त्रालयबाट दिइएको निर्देशन बारम्बार पालना गरेको नदेखिएको भन्दै निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ । साथै संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्य विपरितका कार्यहरूसमेत गरेको देखिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘यस विषयमा मन्त्रालयले सम्बद्ध सरोकारवाला पक्षहरूलाई मिति २०८३/६/२३ गते छलफल गराई राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा यस मन्त्रालयबाट मिति २०८२/८/१२ गते जारी निर्देशन बमोजिमका कार्य गर्न आग्रहसमेत गरिएकामा सो बमोजिम गरिएको नदेखिएकाले राष्ट्रिय निर्देशन ऐन, २०१८ दफा ५ बमोजिमको निर्देशन पालना नगरेकाले ऐ. ऐनको दफा ६ को उपदफा (२) बमोजिम “राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाललाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।


















