नवनिर्वाचित सभामुख अर्यालको शपथ आइतबार

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी)ले पद तथा गोपनीयताको शपथ आइतबार(चैत २२) लिने भएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासबाट प्राप्त जानकारीअनुसार सभामुख अर्यालको शपथ आइतबार दिउँसो साढे २ बजेका लागि तय भएको छ ।

सभामुख अर्यालको शपथग्रहण कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा हुनेछ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताका शपथ खुवाउनेछन् । यसअघि शुक्रबार भएको सभामुख पदको मनोनयन दर्ताका क्रममा अर्यालको एकल उम्मेदवारी परेको थियो । सोही कारण उनी निर्विरोध निर्वाचित भइसकेका छन् ।