अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब एकै रातमा इरानलाई ‘खत्तम पार्ने’ चेतावनी दिएका छन् ।
उनले यो मंगलबार राति हुन सक्ने समेत बताएका छन् । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले अत्यन्तै कडा चेतावनी दिँदै यदि मंगलबार मध्यरातसम्म सम्झौता नगरे अमेरिकाले इरानका ऊर्जा प्लान्ट, पुल र अन्य पूर्वाधारहरू बमले उडाउन सक्ने बताए ।
















