प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले नयाँ सांसदहरुलाई नातावाद र कृपावादबाट बच्न चेतावनी दिएका छन् ।
उनले यी प्रवृत्तिलाई “भाइरस” भन्दै नयाँ सरकार र सांसदहरूले यसबाट मुक्त हुन आवश्यक रहेको बताएका छन् । पुनले अर्थतन्त्रको विकासका लागि विज्ञान र प्रविधिमा प्राथमिकता दिनुपर्ने, अनुसन्धान र नवप्रवर्तनमा लगानी गर्नुपर्ने, पर्याप्त बजेट विनियोजन र बलियो मन्त्रालय गठन आवश्यक रहेको पनि बताएका छन् ।


















