संघीय संसदको अधिवेशन शुक्रबारदेखि अन्त्य हुने

संघीय संसदकाे दुवै सदनको अधिवेशन भोलि (शुक्रबार)देखि अन्त्य हुने भएको छ । २४ चैतको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य गरेका हुन् ।

राष्ट्रपति पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै छन् । यो प्रतिनिधिसभाको पछिल्लो चुनावपछि राष्ट्रपतिको पहिलो सम्बोधन हुनेछ ।

‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१२/२४ को सिफारिसमा संवत् २०८२ साल चैत २७ गते शुक्रबार राति १२:०० बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयको पत्रमा उल्लेख छ ।

राष्ट्रपति पौडेलले भोलि संघीय संसदकाे संयुक्त बैठकलाई सम्बोधन गर्दै छन् ।